birat ribon

भारतभन्दा ब्राजिलमा सङ्क्रमण तीव्र

Neuro
भारतभन्दा ब्राजिलमा सङ्क्रमण तीव्र

विराटनगर । पछिल्लो समय भारतभन्दा ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिइरहेको छ ।

नेपालसँग खुला सीमाना जोडिएको भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो । ब्राजिल तेस्रो नम्बरमा छ । तर भाइरस सङ्क्रमणभने केही समययता भारतमाभन्दा ब्राजिलमा तीव्र रुपमा भइरहेको छ । यसअघि कोरोना प्रभावितमध्ये दोस्रो नम्बरमा रहेको ब्राजिललाई भारतले उछिनेको थियो ।

cura insider

कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि भारतभन्दा ब्राजिलमा धेरै छ । भारतमा हालसम्म एक करोड तीन लाख तीन हजार चार सय नौ जनामा कोरोना सङ्क्रमण भइसकेको छ । एकै दिन १७ हजार ८० नयाँ बिरामी थपिए । भारतमा एक लाख ४९ हजार दुई सय पाँच जनाको कोरोनाका कारण ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा एक सय ८७ जनाको मृत्यु भयो ।

सङ्क्रमितमध्ये ९९ लाख एक हजार नौ सय २९ जना उपरचारपछि निको भइसकेका छन् । भारतमा दुई लाख ५२ हजार दुई सय ७५ जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

ब्राजिलमा हालसम्म ७७ लाख पाँच सय ७८ जनामा मात्रै सङ्क्रमण देखिएको छ । एकै दिन २४ हजार छ सय पाँच जना नयाँ बिरामी थपिए । एक लाख ९५ हजार चार सय ४१ सङ्क्रमितको मृत्यु भइसकेको छ । ब्राजिलमा पछिल्लो २४ घण्टामा चार सय ६५ जनाको ज्यान गयो ।

ब्राजिलमा सङ्क्रमण पुष्टि भएकामध्ये ६७ लाख ५६ हजार दुई सय ८४ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै डिस्चार्ज भएर घर फर्किएका छन् । सात लाख ४८ हजार आठ सय ५३ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

यहि अवस्थामा सङ्क्रमण फैलँदै जाने हो भने सङ्क्रमित सङ्ख्या भारतमाभन्दा ब्राजिलमा बढी हुने वाल्डो मिटरले जनाएको छ । तीव्र रुपमा कोरोना फैलिइरहेको भारतमा पछिल्लो समय सङ्क्रमण नियन्त्रण हुँदै गइरहेको छ । ब्राजिलमा पनि केही हदसम्म नियन्त्रण हुँदै गइरहे पनि भारतमाजस्तो प्रभावकारी छैन ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा हालसम्म दुई करोड छ लाख सात हजार सात सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । एकै दिन एक लाख ५६ हजार चार सय ९७ जना नयाँ बिरामी थपिए । कोरोना सङ्क्रमित तीन लाख ५६ हजार जनाको मृत्यु भइसकेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा दुई हजार २८ सङ्क्रमितको ज्यान गयो ।

सङ्क्रमण पुष्टि भएकामध्ये एक करोड २१ लाख ६५ हजार तीन सय ६२ जना कोरोनामुक्त भइसकेका छन् । ८० लाख ८६ हजार ९३ जनाको उपचार जारी छ । उपचार जारी रहेकामध्ये २९ हजार एक सय ७९ जनाको अवस्था चिन्ताजनक छ ।

विश्वमा हालसम्म सङ्क्रमित सङ्ख्या आठ करोड ४३ लाख ३८ हजार पाँच सय ५१ पुगेको छ । एकै दिन पाँच लाख ३८ हजार तीन सय १२ जनामा सङ्क्रमण पुष्टि भयो । कोरोना सङ्क्रमित १८ लाख ३४ हजार दुई सय १४ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा नौ हजार एक सय ९८ जनाको ज्यान गयो ।

सङ्क्रमितमध्ये पाँच करोड ९६ लाख ११ हजार २१ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । दुई करोड २८ लाख ९३ हजार तीन सय १६ जनाको उपचार जारी छ । उपचार जारी रहेकामध्ये एक लाख छ हजार तीन सय ३१ जनाको अवस्था गम्भीर रहेको वाल्डो मिटरले जनाएको छ ।

jackson ribon