Rumpum Advertisement

पोल्ट्री दिवसमा अन्तरक्रिया तथा फुड-स्टल

पोल्ट्री दिवसमा अन्तरक्रिया तथा फुड-स्टल

इनरुवा / पोल्ट्री व्यवसायी तथा सरोकारवालाहरूले शुक्रबार आठौँ राष्ट्रिय पोल्ट्री दिवस मनाएका छन् । बाराको परवानीपुरस्थित सेन्ट्रल ह्याचरीको आधुनिक मेसिनबाट २०१७ पुस १७ गते पहिलो पटक चल्ला निस्किएको दिनको सम्झनामा देशभर विभिन्न कार्यक्रम आयोजना गरी पोल्ट्री दिवस मनाउने गरिन्छ ।

पोल्ट्री व्यवसायी तथा सरोकारवालाहरूको राष्ट्रिय भेलाले २०७० सालदेखि पोल्ट्री दिवस मनाउन थालेका हुन् । आठौँ राष्ट्रिय पोल्ट्री दिवसका अवसरमा इटहरीमा पोल्ट्री उद्योगको व्यवस्थापन र विकास विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

पोल्ट्री दिवसको सन्दर्भ पारेर दीक्षा पोल्ट्री सप्लायर्सले इनरुवामा साताव्यापी ‘चिकेन फुड–स्टल’ सञ्चालन गरेको छ । पुस २५ सम्म सञ्चालन हुने फुड–स्टलमा कुखुराको मासु तथा अन्डाका विभिन्न परिकारहरू विशेष छुटका साथ उपलब्ध हुने दीक्षा पोल्ट्री सप्लायर्सका सञ्चालक दिनेश मेहताले बताए ।