Rumpum Advertisement

आरती स्ट्रिप्सको बैङ्क खाता रोक्का गर्न श्रम कार्यालयको निर्देशन

Neuro
आरती स्ट्रिप्सको बैङ्क खाता रोक्का गर्न श्रम कार्यालयको निर्देशन

विराटनगर/आरती स्ट्रिप्स प्रालिको बैङ्क खाता रोक्का गर्न श्रम कार्यालय विराटनगरले पत्राचार गरेको छ ।

श्रम कार्यालय विराटनगरले कामबाट हटाइएका कामदारलाई तीन दिनभित्रमा पुनबर्हाली गर्न निर्देशन दिएको थियो । तर उद्योगले श्रमको निर्देशनको अवज्ञा गर्दै कामदारलाई गेट प्रवेशमा रोक लगाएको थियो । उद्योगले प्रवेश गर्न नदिएपछि कामदारहरु पुन श्रम कार्यलय पुगेका थिए ।

कार्यालयको आदेशविपरित काम गरेकाले श्रम कार्यलयले उद्योगको बैङ्क खाता रोक्का गर्न पत्राचार गरेको हो । सोहीअनुसार श्रम कार्यालय विराटनगरले श्रम ऐन २०७४ को दफा (१६७) को उपदफा (२) को खण्ड (ख) अनुसार उक्त उद्योगको नेपालभर रहेका सम्पूर्ण बैङ्क खाता रोक्का गर्न पत्राचार गरेको छ ।