Rumpum Advertisement

चीनमा पनि भेटियो कोरोनाको नयाँ प्रकार

चीनमा पनि भेटियो कोरोनाको नयाँ प्रकार

विराटनगर/बेलायतमा पहिलो पटक देखिएको कोरोना भाइरसको नयाँ प्रकार अब चीनमा पनि देखिएको छ ।

चीनमा यस नयाँ भेरियन्टबाट सङ्क्रमण भएको पहिलो सङ्क्रमित फेला परेको हो । चीनमा भाइरसको नयाँ भेरियन्ट एक २३ वर्षीयामा महिलामा भेटिएको हो । चिनियाँ अन्वेषकहरूले १४ डिसेम्बरमा बेलायतबाट फर्किएकी महिलाको सङ्घाईको एक एयरपोर्टमा आइपुगेपछि परीक्षण गरिएको थियो ।

परीक्षणपछि २४ डिसेम्बरमा उक्त महिलामा कोरोनाको नयाँ प्रकार (भियुआई २०२०१२/०१) भएको पत्ता लागेको हो । चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिसिडिसी)का अनुसार उक्त सङ्क्रमण पुष्टि भएसँगै चीनमा कोभिडको रोकथाम र नियन्त्रणका लागि एक ठूलो सम्भावित खतरा देखिएको छ ।

उक्त महिलालाई आइसोलेसनमा राखिएको छ भने उनको सम्पर्कमा आएका सबैको परीक्षण गरिने भएको छ । चीनले बेलायतका लागि सबै उडान हालका लागि स्थगित गरिदिएको छ । कोरोना भाइरसको संक्रमणको सुरुवात एक वर्षअघि चीनबाट भएको थियो । तर, हाल तीव्र गतिमा फैलिरहेको नयाँ भेरियन्ट सबैभन्दा धेरै बेलायतमा भेटिएका छन् ।