Rumpum Advertisement

दक्षिण भारतका वरिष्ठ अभिनेता नरसिंह यादवको निधन

दक्षिण भारतका वरिष्ठ अभिनेता नरसिंह यादवको निधन

विराटनगर/दक्षिण भारतका वरिष्ठ अभिनेता नरसिंह यादवको निधन भएको छ । केही समयअगाडि भुइँमा चिप्लेर लडेका कारण अस्पताल भर्ना भएका उनको स्वास्थ अवस्था गम्भीर रहेको थियो ।

नरसिंहका श्रीमती चित्रका अनुसार उनलाई एक प्राइभेट अस्पतालमा भर्ना गरिएको थियो । चित्रले अस्पताल भर्ना गरिएको केही समयपछि अभिनेता यादव कोमामा गएको र ४८ घन्टा डाक्टरको निगरानीमा राखिएको बताएकी थिइन् । अभिनेता नरसिंह यादवको बिहीबार राती उपचारका क्रममा हैदरावादस्थित यसोदा अस्पतालमा निधन भएको हो ।

वरिष्ठ अभिनेता नरसिंह यादवले तेलुगु, तमिल साथै हिन्दी भाषा गरी तीन सयभन्दा बढी फिल्ममा अभिनय गरेका छन् ।