Rumpum Advertisement

‘राधे : योर मोस्ट वान्टेड भाइ’ को राइट्स दुई सय ३० करोडमा बिक्यो

‘राधे : योर मोस्ट वान्टेड भाइ’ को राइट्स दुई सय ३० करोडमा बिक्यो

विराटनगर/अभिनेता सलमान खानको बहुप्रतिक्षित फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाइ’ को राइट्स बिक्री भएको छ । भारतीय मिडियाका अनुसार जी स्टुडियोले फिल्मको स्याटेलाइट, थिएटर रिलिज, डिजिटल र म्युजिक राइट्स खरिद गरेको छ । एक सय २० करोडभन्दा बढीको लागतमा निर्माण हुँदै गरेको फिल्मको सम्पूर्ण राइट्स २३० करोड भारुमा बिक्री भएको हो ।

प्रभुदेवाको निर्देशनमा बनिरहेको ‘राधे ः योर मोस्ट वान्टेड भाइ’को हाल पोस्ट प्रोडक्सनको काम चलिरहेको छ । फिल्ममा सलमानका अलवा दिशा पटानी, टाइगर श्राफ तथा रणवीर होड्डाको प्रमुख अभिनय रहनेछ । सलमान अभिनित ‘वान्टेड’ सिनेमाको सिक्वल बताइएको सिनेमा सन् २०१५ मा रिलिज भएको सुपरहिट कोरियन एक्सन–कमेडी ‘भेट्रान’को बलिउड रिमेक हो ।

फिल्म ‘राधे ः योर मोस्ट वान्टेड भाइ’ सन २०२१ को इदमा रिलिज हुनेछ ।