Rumpum Advertisement

चीनमा पनि भेटियो नयाँ प्रकारको कोरोना भाइरस

Neuro
चीनमा पनि भेटियो नयाँ प्रकारको कोरोना भाइरस

विराटनगर । विश्वलाईनै तहसनहस बनाउने कोरोना भाइरसको सङ्क्रमण चीनको वुहानबाट फैलिएको पुष्टि भइसकेको छ ।

विश्मै महामारीको रुप लिएको कोरोनाका कारण सबै क्षेत्र थिलथिलो बनेका छन् । विश्वमा १८ लाख बढी कोरोना सङ्क्रमितको मृत्यु भइसकेको छ । आठ करोड बढीमा सङ्क्रमण पुष्टि भइसकेको छ ।

कोरोनाको उद्गमस्थल मानिएको चीनमै फेरि नयाँ प्रकारको कोरोना भाइरस फेला परेको सञ्चार माध्यमहरुले जनाएका छन् । कोरोना भाइरसको सुरुवात एक वर्ष अघि चीनबाटै भएको हो । चीनबाटनै विश्वभर कोरोना फैलियो ।

रोटर्सका अनुसार फेरि चीनमा कोरोना भाइरसको नयाँ प्रकार देखिएको पुष्टि चाइनिज सेन्टर फर डिजिटल कन्ट्रोल एन्ड प्रिभेशन पब्लिकेशनले गरेको हो । तर कोरोना भाइरसको नयाँ प्रकारका संक्रमित अहिलेसम्म धेरै बेलायतमा देखिएका छन् ।

कोरोनाको नयाँ भाइरस फैलनबाट रोक्नको लागि विश्वका धेरै देशहरुलाई आवाजजावतमा बेलायतले प्रतिबन्ध लगाएको छ । यो नयाँ प्रकारको भाइरस पहिलाको भाइरसको तुलनामा ४० देखि ७० प्रतिशत छिटो फैलिरहेको अनुसन्धानले जनाएको छ ।