Rumpum Advertisement

भारतमा ज्यान गुमाउने सङ्क्रमितको सङ्ख्या डेढ लाखनजिक

भारतमा ज्यान गुमाउने सङ्क्रमितको सङ्ख्या डेढ लाखनजिक

विराटनगर । छिमेकी मुलुक भारतमा कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या डेढ लाखनजिक पुगेको छ ।

एकै दिन दुई सय ४४ जनाको मृत्यु भएसँगै भारतमा ज्यान गुमाउने सङ्क्रमितको सङ्ख्या एक लाख ४९ हजार १८ पुगेको हो । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वमै दोस्रो नम्बरमा रहेको मुलुक हो । हालसम्म एक करोड दुई लाख ८६ हजार तीन सय २९ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

एकै दिन १९ हजार ४६ नयाँ सङ्क्रमित थपिए । सङ्क्रमितमध्ये ९८ लाख ८१ हजार सात सय ८६ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै घर फर्किएका छन् । दुई लाख ५५ हजार पाँच सय २५ सङ्क्रमितको उपचार जारी छ । उपचार जारी रहेकामध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा हालसम्म तीन लाख ५३ हजार छ सय ७४ सङ्क्रमितको ज्यान गइसकेको छ । एकै दिन दुई हजार आठ सय ९७ जनाको मृत्यु भयो । सङ्क्रमित सङ्ख्या दुई करोड चार लाख १६ हजार सात सय ४० पुगेको वाल्डो मिटरले जनाएको छ । पछिल्लो २४ घण्टाभित्र एक लाख ९९ हजार चार सय ९९ जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमितमध्ये एक करोड २० लाख ९६ हजार चार सय ४२ जनाको उपचार सफल भएको छ । उपचार सफल भएकाहरु कोरोनामुक्त हुँदै डिस्चार्ज भएर घर फर्किएका छन् । ७९ लाख ६६ हजार छ सय २४ जना उपचाररत छन् । उपचार जारी रहेकामध्ये २९ हजार एक सय ८१ जनाको अवस्था गम्भीर रहेको छ ।

ब्राजिलमा हालसम्म एक लाख ९४ हजार नौ सय ७६ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भइसकेको छ । एकै दिन एक हजार ३६ सङ्क्रमितको ज्यान गयो । ७६ लाख ७५ हजार नौ सय ७३ जनामा भाइरस सङ्क्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टाभित्र ५६ हजार तीन जना नयाँ बिरामी थपिए ।

सङ्क्रमितमध्ये ६७ लाख ४७ हजार ६५ जना उपचारपछि निको भएका छन् । सात लाख ३३ हजार नौ सय ३२ जना उपचारररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वमै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

विश्वमा कोरोना सङ्क्रमित १८ लाख २४ हजार ६३ जनाको मृत्यु भइसकेको छ । एकै दिन १२ हजार सात सय आठ जनाले ज्यान गुमाए । सङ्क्रमित सङ्ख्या आठ करोड ३७ लाख ४४ हजार आठ सय १२ पुगेको छ । पछिल्लो २४ घण्टाभित्र छ लाख ८९ हजार छ सय १० जना नयाँ सङ्क्रमित थपिए ।

सङ्क्रमण पुष्टि भएकामध्ये पाँच करोड ९२ लाख ७८ हजार छ सय ५५ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै डिस्चार्ज भएर सामान्य जीवनमा फर्किएका छन् । दुई करोड २६ लाख ४२ हजार ९४ जनाको उपचार जारी छ । उपचाररतमध्ये एक लाख छ हजार तीन सय १७ जनाको अवस्था गम्भीर रहेको वाल्डो मिटरले जनाएको छ ।