Rumpum Advertisement

‘एउटा यस्तो प्रेम कहानी’ माघे सङ्क्रान्तिबाट प्रदर्शन हुने

Neuro
‘एउटा यस्तो प्रेम कहानी’ माघे सङ्क्रान्तिबाट प्रदर्शन हुने

विराटनगर । मल्टिस्टारर फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गते (माघे सङ्क्रान्ति) बाट प्रदर्शन हुने भएको छ । बिहीबार निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गर्दै आफ्नो प्रदर्शन मिति घोषणा गरेको हो ।

पोस्टरमा अभिनेता शिव श्रेष्ठ र अभिनेत्री प्रियङ्का कार्की फिचर छन् । भावुक मुद्रामा देखिएका उनीहरू एकअर्काको अङ्गालोमा बाँधिएका छन् ।

अभिनेता शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्मलाई बिके फिल्मस् र एफडी कम्पनीले वितरणको जिम्मा लिएको छ । यही फिल्मबाट संयग दर्शनधारीसँगै अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धर र अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठले अभिनयमा डेब्यू गर्दैछन् ।

फिल्ममा शिव श्रेष्ठ, प्रियङ्का कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मालगायतका कलाकारको अभिनय रहने छ । फिस्टेल मुभिजको ब्यानरमा निर्मित फिल्मलाई यशोधा राई र दिनेश दर्शनधारीले निर्माण गरेका हुन् भने खुम तामाङ, सुनिल कटवाल, रामनारायण शाह, दिनेश थापा मगर, तारा तुलाधर सह–निर्मातामा छन् ।

लभस्टोरी–एक्सन ड्रामा फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ लाई दिपेश सापकोटाले निर्देशन गरेका छन् ।