Rumpum Advertisement

ललिता निवास प्रकरण : उमाकुमारीलाई दुई लाख धरौटीमा छाड्न आदेश

ललिता निवास प्रकरण : उमाकुमारीलाई दुई लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । विशेष अदालतले बालुवाटारस्थित ललिता निवास सरकारी जग्गा आफ्नो नाम गरेको अभियोग लागेको उमाकुमारी ढकाललाई रु दुई लाख धरौटीमा छाड्ने आदेश दिएको छ ।

बिहीबार विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले थुनछेक बहसपछि उक्त धरौटी लिएर छाडने आदेश जारी गरेको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त अभियोगमा उमाकुमारीसँग रु ९१ लाख २० हजार बिगो माग दाबी गरेको थियो ।

ललिता निवास प्रकरणका प्रमुख अभियुक्त डा शोभाकान्तकी पत्नी उमाकुमारी हुन् । सरकारी र सार्वजनिक जग्गा बेचेको अभियोग लागेका डा ढकालसँग अख्तियारले रु ३९ करोडभन्दा बढी बिगो माग दाबी गरेको थियो । रासस