Rumpum Advertisement

अमेरिकी इतिहासका सबैभन्दा बढी श्रृखंलाबद्ध हत्या गर्ने व्यक्तिको मृत्यु

Neuro
अमेरिकी इतिहासका सबैभन्दा बढी श्रृखंलाबद्ध हत्या गर्ने व्यक्तिको मृत्यु

विराटनगर । अमेरिकी इतिहासमा अहिलेसम्मकै सबैभन्दा बढी हत्यामा संलग्न ब्यक्तिको बिहीबार मृत्यु भएको छ । क्यालिफोर्नियाको एक अस्पतालमा ८० वर्षीय सैम्युल लिटलको मृत्यु भएको हो ।

तीनजना महिलाको हत्यामा संलग्नताको पुष्टि भएपछि सैम्युल आजीवन काराबासको सजाय काटिरहेका थिए । तर निधन हुँदासम्म सैम्युलले अहिलेसम्म ९३ जना महिलाको हत्या गरेको स्वीकार गरेका थिए । हत्याका सबै घटना सन् १९७० देखि २००५ का बीच भएको थियो ।

बीबीसीका अनुसार सैम्युलले हत्या भएका सबै कमजोर ब्यक्तिलाई लक्षित गरेका थिए । जसमध्ये अधिकांश यौन कारोबारमा संलग्न वा लागू औषध दुर्व्यसन गर्ने व्यक्ति थिए ।

विगतका बक्सर सैम्युलले ब्यक्तिलाई मुक्काले हानेर हत्या गर्दै आएका थिए । ब्यक्तिको शरीरमा बुलेट वा अन्य घाउको चिन्हसमेत हुँदैनथ्यो । एफबीआइका अनुसार केही ब्यक्तिको मृत शरीरसमेत फेला परेन ।