Rumpum Advertisement

नयाँ वर्षले ओली प्रतिगमनलाई परास्त गर्ने सामर्थ्य देओस् : भट्टराई

नयाँ वर्षले ओली प्रतिगमनलाई परास्त गर्ने सामर्थ्य देओस् : भट्टराई

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सन् २०२१ को शुभकामना व्यक्त गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत् भट्टराईले नयाँ वर्षले ओली प्रतिगमनलाई परास्त गर्ने सामर्थ्य देओस् भन्दै नयाँ वर्षको शुभकामना व्यक्त गरेका छन् ।

‘कोरोनाको विश्वव्यापी त्रासदी र ओली प्रतिगमनको राष्ट्रिय त्रासदीले भरिएको सन् २०२० लाई विदा गर्दै नयाँ वर्ष २०२१ लाई स्वागत गरौं’, उनले लेखेका छन्, ‘नयाँ बर्षले सङ्कटलाई सम्भावना र अवसरमा परिणत गर्ने र ओली प्रतिगमनलाई परास्त गर्ने बुद्धिविवेक र सामर्थ्य हामी सबैलाई देओस् ।’