Rumpum Advertisement

काभानीलाई तीन खेलमा प्रतिबन्ध, एक लाख पाउण्ड जरिवाना

Neuro
काभानीलाई तीन खेलमा प्रतिबन्ध, एक लाख पाउण्ड जरिवाना

विराटनगर । इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडका स्ट्राइकर इडिन्सन काभानीलाई कारवाही गरिएको छ ।

सामाजिक सञ्जाल इन्स्टाग्रामका विषयलाई लिएर फुटबल एसोसियसन (एफए)ले उरुग्वेका स्टार काभानीलाई कारवाही गरेको हो ।

अघिल्लो महिना काभानीले इन्स्टाग्राममा विवादास्पद पोस्ट गरेका थिए । सोही पोस्टको विषयलाई लिएर एफएले अनुसन्धान थालेको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार काभानीलाई तीन खेलमा प्रतिबन्ध गरिएको छ भने एक लाख पाउण्ड जरिवानाको सजाय सुनाइएको छ ।

अब काभानीले प्रिमियर लिगअन्तर्गत एस्टोन भिल्लासँगकाे खेल, काराबाओ कपअन्तर्गत म्यानचेस्टर सिटीसँगको सेमिफाइनल खेल र एफए कपअन्तर्गत वाटफोर्डसँगकाे खेल गुमाउने भएका छन् । तीनै खेल युनाइटेडकाे मैदान ओल्ड ट्राफोर्डमा हुनेछ ।