Rumpum Advertisement

चीनले दियो कोरोनोविरुद्धको खोप सिनोफार्मलाई अनुमति

Neuro
चीनले दियो कोरोनोविरुद्धको खोप सिनोफार्मलाई अनुमति

विराटनगर । चीन सरकारले सिनोफार्म कम्पनीद्वारा विकास गरिएको कोरोना भाइरस विरुद्धको खोपलाई सशर्त अनुमति दिएको छ । सिनोफार्मको खोपलाई अनुमति दिएसँगै एसियामा फैलिएको कोरोना भाइरसको प्रभाव घटाउन यो खोप महत्वपूर्ण कदम हुने चिनियाँ अधिकारीहरूले बताएका छन् ।

चिनियाँ कम्पनी सिनोफार्मका अनुसार यो खोपको प्रभावकारिता ७९ प्रतिशत छ । अब सिनोफार्मले यो खोपलाई बजारमा बिक्री गर्न पनि अनुमति पाएको छ ।

यसअघि नै सिनोफार्मद्वारा तयार पारिएको कोभिडविरुद्धको खोप आपतकालीन प्रयोगअन्तर्गत ४५ लाख चिनियाँ नागरिकलाई दिइसकिएको छ । खोप दिइएकाहरूमा खासगरी स्वास्थ्यकर्मी र विदेशमा काम गर्न जाने चिनियाँ नागरिक रहेका चिनियाँ स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

बुधबार मात्र सिनोफार्मले आफूले विकास गरेको खोप ७९ दशमलब ३४ प्रतिशत सफल रहेको घोषणा गरेको थियो । पश्चिमा मुलुकका फर्मास्यूटिकल कम्पनीहरू फाइजर र मोडर्नाले विकास गरेका खोपहरू क्रमशः ९५ र ९४ प्रतिशत सफल रहेको दाबी गरिएको थियो ।