Rumpum Advertisement

पार्टीभित्रको विवाद मिलाउन नसकेर संसद् भङ्ग गरियो : वरिष्ठ नेता पौडेल

Neuro
पार्टीभित्रको विवाद मिलाउन नसकेर संसद् भङ्ग गरियो : वरिष्ठ नेता पौडेल

पोखरा । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रको विवाद मिलाउन नसकेर प्रतिनिधिसभा भङ्ग गरिएको आरोप लगाएका छन् ।

काङ्ग्रेस कास्कीद्वारा आयोजित एक कार्यक्रममा वाम गठबन्धनलाई पाँच वर्षसम्म सरकार चलाउन जनादेश दिइएकामा पार्टीभित्रको विवाद मिलाउन नसकेर प्रतिनिधिसभा भङ्ग गरिएको आरोप लगाए ।

यसैगरी उनले संविधानको संरक्षण गरे मात्रै लोकतन्त्र बलियो हुने बताए । उनले संविधानको संरक्षण गरे मात्रै लोकतन्त्र बलियो हुने भएकाले प्रतिनिधि पुनःस्थापना अहिलेको आवश्यकता भएको बताए ।

प्रतिनिधिसभा भङ्ग भएपछि अन्तर्राष्ट्रिय खिंचातानीको भुमरीमा देशलाई पार्न खोजिएको जनाउँदै पूर्वसभामुख पौडेलले प्रतिनिधिसभा पुनःस्थापना नै अहिलेको समस्या समाधान भएको स्पष्ट गरे ।

निर्वाचनमा गए काङ्ग्रेसलाई फाइदा भए पनि ७० वर्ष लडेर ल्याइएको लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने जिकिर उनले गरे । काङ्ग्रेस निर्वाचनसँग नडराएको जनाउँदै उनले विधि र प्रक्रियासँगै संविधानको रक्षाका लागि आफू पार्टीमा पनि लडेको र सरकारसँग पनि लड्ने बताए ।