Rumpum Advertisement

प्राधिकरणले भन्यो : लोडसेडिङ हुने सम्भावना नै छैन

प्राधिकरणले भन्यो : लोडसेडिङ हुने सम्भावना नै छैन

काठमाडौं । विनाजानकारी राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा बिजुली काटिन थालेपछि नेपाल विद्युत् प्राधिकरणले प्राविधिक कारणबाहेक अन्य कुनै पनि रूपमा समस्या नभएको प्रष्टीकरण दिएको छ ।

प्राधिकरणले तीन वर्षअघिदेखि नै विद्युतभार कटौतीको अन्त्य भइसकेको र फेरि पनि त्यो अवस्था नआएको जनाएको छ । छोटो समयमा विद्युत् आपूर्तिमा अवरोध हुन गएको भन्दै प्राधिकरणले बिजुली काट्न नपर्ने र विद्युतभार कटौतीको अवस्था नभएको समेत जनाएको छ ।

प्राधिकरणका प्रवक्ता मदन तिम्सीनाका अनुसार विद्युतका उपभोक्ताको मागभन्दा आपूर्ति कम भएको अवस्थामा मात्रै लोडसेडिङ गर्नुपर्ने वाध्यता रहन्छ । हाल नेपालको विद्युत् प्रणालीमा प्राधिकरणको आन्तरिक, निजी क्षेत्रको उत्पादन र अपुग भएको बिजुली भारतबाट आयात गरिएको उनले बताए ।

विद्युत् माग अनुसार नै बराबर आपूर्ति गरिराखेको कारणले विद्युत्भार कटौती नभएको र भविष्यमा पनि नगरिने उनको भनाइ छ ।