Rumpum Advertisement

भारतमा पाँच जना नयाँ स्वरुपका कोरोना सङ्क्रमित भेटिए

भारतमा पाँच जना नयाँ स्वरुपका कोरोना सङ्क्रमित भेटिए

विराटनगर । भारतमा पाँच जना नयाँ स्वरुपका कोरोना सङ्क्रमित भेटिएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले हालैमात्र पाँचजना नयाँ स्वरुपका कोरोना सङ्क्रमित भेटिएको जनाएको छ ।

योसँगै भारतमा कोभिडका नयाँ सङ्क्रमितहरूको सङ्ख्या कम्तीमा पनि २५ जना पुगेको समाचारमा जनाइएको छ । उनीहरूलाई स्वास्थ्य सुविधा रहेको आइसोलेशन वार्डमा राखिएको बताइएको छ ।

कोेभिड १९ को यो नयाँ स्वरुपको भाइरस सबैभन्दा पहिला बेलायतमा भेटिएको हो । बेलायतमा देखिएको यो नयाँ भाइरसपछि बेलायतमाथि विश्वका दर्जनौँ देशहरुले यात्रा प्रतिबन्ध लगाएका छन् ।