Rumpum Advertisement

विराटनगरका पत्रकार देवान सम्मानित

विराटनगरका पत्रकार देवान सम्मानित

विराटनगर / विराटनगरका पत्रकार प्रेम देवान सम्मानित भएका छन् । किरात राई यायोक्खा महानगर कार्य समिति विराटनगरले उधौली पर्वको अवसरमा आयाेजना गरेकाे कार्यक्रममा पत्रकार देवान सम्मानित भएका हुन् ।

देवानले अपराध, कला-मनोरन्जन, धर्म सस्कृतिको जर्गेना तथा आदिवासी जनजातीको उत्थानको विषयमा कमल चलाउदै आएका छन् ।

देवानलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सम्मान पत्र प्रदान गरेका थिए । उनी विराटनगरबाट सञ्चालित आवरविराटनगर डटनेटसँग आवद्ध छन् ।