birat ribon

प्रदेश १ मा नेकपा : जिल्ला सचिव एउटै समूहमा, अध्यक्षमा प्रचण्ड–माधव समूहको वर्चस्व

Neuro
प्रदेश १ मा नेकपा : जिल्ला सचिव एउटै समूहमा, अध्यक्षमा प्रचण्ड–माधव समूहको वर्चस्व

विराटनगर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि प्रदेश १ का १४ वटै जिल्लाका सचिव एउटै समूहमा लागेका छन् । जिल्ला अध्यक्षमा भने प्रचण्ड–माधव समूहको वर्चस्व छ ।

१४ वटै जिल्लाका सचिव माधव प्रचण्ड– समूहमा रहँदा छ जिल्ला अध्यक्ष ओली समूह र आठ वटा जिल्ला अध्यक्ष प्रचण्ड–माधव समूहमा हुन् । धनकुटा अध्यक्ष राजेन्द्र राई, ताप्लेजुङ अध्यक्ष विजय बनेम, सुनसरी अध्यक्ष योगेन्द्र मण्डल, खोटाङ अध्यक्ष देवान चाम्लिङ, ओखलढुङ्गा अध्यक्ष मोहनकुमार खड्का, उदयपुर अध्यक्ष विनोद कटवाल, तेह्रथुम अध्यक्ष लक्ष्मण तिवारी र सङ्खुवासभा अध्यक्ष हेमराज घिमिरे प्रचण्ड–माधव समूहमा छन् ।

cura insider

इलाम अध्यक्ष राम राना, पाँचथर अध्यक्ष राजकुमार भण्डारी, झापा अध्यक्ष चिन्तन पाठक, मोरङ अध्यक्ष ऋषिकेश पोखरेल, भोजपुर प्रेमकुमार राई र सोलुखुम्बु अध्यक्ष मानवीर राई ओली समूहमा छन् ।

१४ वटै जिल्लाका जिल्लासचिव प्रचण्ड–माधव समूहमा छन् । ताप्लेजुङ सचिव बलबहादुर साम्सोहाङ, सुनसरी सचिव रमेश बस्नेत, खोटाङ सचिव राम दङ्गाल, ओखलढुङ्गा सचिव मोहन श्रेष्ठ, उदयपुर सचिव इश्वरमणि राउत, पाँचथर सचिव होम जबेगू, इलाम सचिव सोममाया राई, झापा सचिव मणिकुमार साम्पाङ, धनकुटा सचिव ऋषिराम ढुङ्गाना, तेह्रथुम सचिव इन्द्रबहादुर इम्सुङ, सङ्खुवासभा सचिव कृष्ण याख्या, भोजपुर सचिव विमल खड्का, सोलुखुम्बु सचिव गोम्बु शेर्पा र मोरङ सचिव गणेश उप्रेती प्रचण्ड–माधव समूहका हुन् ।

जिल्लास्तरको मान्यता पाएको विराटनगर महानगर कमिटी इन्चार्ज शिवकुमार मण्डल र सचिव हेम कार्की प्रचण्ड माधव समूह र अध्यक्ष सागर थापा ओली समूहका हुन् ।

jackson ribon