Rumpum Advertisement

हामीलाई तानातान होइन मालिस गर्दैछन्

मालिस गर्ने कसैले तोरीको तेल लिएर आउँछन्, कसैले नवरत्न तेल लिएर आउँछन्

हामीलाई तानातान होइन मालिस गर्दैछन्मालिस गर्ने कसैले तोरीको तेल लिएर आउँछन्, कसैले नवरत्न तेल लिएर आउँछन्

केदार कार्की

प्रमुख सचेतक, प्रदेश १ नेपाली काङ्ग्रेस

मुख्यमन्त्रीज्यूले काङ्ग्रेसको भरोसा गरेर अविश्वासको सामना गर्नुभयो भने अविश्वासको प्रस्ताव हाल्नेले पनि प्रस्ताव पास हुन्छ भनेर काङ्ग्रेसकै भरोसा गर्नु भएको छ । हामीले अहिले कसको पक्ष लाग्छौँ, के लाग्छौँ, थाहा छैन । एकदम ‘माइन्ड’ गर्नु है मेरो ल्याङ्ग्वेजको सारलाई । उहाँहरूले एउटा कुरा भन्न छुटाउनु भएको छ ।

दुवै पक्षले पत्रकार सम्मेलन राखी–राखी नेकपाकै सरकार गठन गर्ने भन्नु भएको छ । त्यसकारण उहाँहरूको लिङ्ग जात छुट्टिएको छैन । उहाँहरू कुन पार्टी हो । को नेकपा हो ? को होइन ? अहिलेसम्म हामीलाई त्यहीँ भर छैन । त्यसकारण स्वाट्टै यसलाई समर्थन गर्छौँ, भनेर भन्छौँ । त्यो त टुक्रा न हो । कुन टुक्रा हो । के टुक्रा हो ? अहिलेसम्म हामीलाई थाहा छैन ।

हाम्रो नेकपालाई हेर्ने दृष्टिकोण एउटै छ । नेकपाको अकर्मण्यताको कारण मुलुक सङ्कटमा फस्यो । संवैधानिक सङ्कटमा, संसद्को सङ्कटमा, जन सङ्कटमा र रण सङ्कट सबै सङ्कट अहिले नेकपाले गर्दा फसेको हो । माधव नेपाल भन्नुस्, कि केपी ओली भन्नुस् या प्रचण्ड भन्नुस् सबैलाई हेर्ने दृष्टिकोण हाम्रो एउटै छ । त्यसकारण अहिले हामी कसलाई समर्थन गर्ने भन्ने कुरामा पुगेका छैनौँ । पहिले त उहाँहरू आफै के गर्नु हुन्छ भन्ने थाहा छैन । यस्तो अवस्थामा हामीले यसको समर्थन गर्छौँ, उसको समर्थन गर्छौँ भनेर भयो ?

समर्थनभन्दा पनि अहिले हामी नेपाली काङ्ग्रेसकै भरमा छौँ । नेपाली काङ्ग्रेसलाई दिएको जनमतमा अडिग छौँ । तपाईंहरू नै सरकारको बारेमा लुछाचुडी गर्नुहोस् हामी हेरिरहन्छौँ भन्ने हो । अब उहाँहरूले सक्दैनसकेको खण्डमा, संसद् विघटन हुने अवस्था आएको अवस्थामा नेपाली काङ्ग्रेसले उचित निर्णय लिन्छ ।

केदार कार्की

तपाईंहरूले भन्दै हुनुहुन्छ नि तानातान गर्दै छन् हामीलाई भनेर । हामीलाई तानातान होइन मालिस गर्दै छन् । मालिस गर्ने कसैले तोरीको तेल लिएर आउँछन्, कसैले नवरत्न लिएर तेल आउँछन् । कसैले कुन लिएर आउँछन् । त्यो अलग छ । कसैले अविश्वासको प्रस्ताव पास गराइदेऊ तपाईं हामी मिलेर सरकार चलाऔं भन्नुहुन्छ । कसैले सरकार बचाइदेऊ तपाईं हामी मिलेर चलाऔं भन्नुहुन्छ । यस्ता सबै कुरा आइरहेका छन् । तर, यसले हामीलाई छुँदैन । राजाको पालामा त सरकारमा नगई बसेका मान्छे हौँ । यसले हामीलाई छोइरहेको छैन । यसले कहिलेसम्म छुँदैन माथिको निर्णय नआएसम्म हो । उचित व्यवस्थापनसँगै जन आकाङ्क्षा र जनभावनाअनुसार नै निर्णय हुन्छ । जन भावनालाई ‘इग्नोर’ गरेर जादैनौँ ।

हेर्नुस् सरकारको प्रतिपक्षमा रहेको दल सधैँ सरकारको प्रतीक्षामा रहेको हुन्छ । सरकार चलाउनलाई जहिले पनि तत्पर छौँ तिमीहरूले सकेनौ भने । तिमीहरूले नसक्दा त हामी नै हो नि चाहे जनतामा गएर होस् चाहे तिमीहरू खतम भएर होस् । संविधानमै लेखेको छ ।

यिनीहरू कसैले हामीले सक्दैनौँ, अब तपाईंहरूले नै चलाउने हो, जनताको अभिभारा तपाईंहरूले बोकिदिने हो । जनताको विकासको इच्छा हामीले पूरा गर्न सकेनौँ भनेपछि काङ्ग्रेसले सक्दैनौ भन्न पाइयो त ? काग्रेस जनताको लागि हो । जनताको अभिमत सदर गर्नको लागि हो । जनआकाङ्क्षा पूरा गर्नको लागि हो । त्यसकारण त्यसमा त काङ्ग्रेसले त पछाडि सर्छु भन्नै मिलेन नि !

हामी अहिले जनताले दिएको अभिमतले प्रतिपक्षमा छौँ । त्यसकारण अहिले हामीले त्यसको विरुद्धमा अभ्यास गरेका छैनौँ । अब कोही नसक्ने भयौ । घस्रिनै नसक्ने अवस्थामा पुग्यौ बाबा भने भने त्यतिबेला हामीले सोच्नुपर्ने हुन्छ ।

(प्रदेश १ मा वर्तमान राजनीतिले सिर्जना गरेको अवस्थामा केन्द्रित रहेर नेपाली काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्कीसँग कोशी अनलाइनले गरेको कुराकानीको सम्पादित अंश ।)