Rumpum Advertisement

छायाङ्कनमा ‘हिँड्दा हिँड्दै’

Neuro
छायाङ्कनमा ‘हिँड्दा हिँड्दै’

विराटनगर । मिलन आले मगरको निर्देशन रहेको फिल्म ‘हिँड्दा हिँड्दै’को छायाङ्कन सुरु भएको छ । फिल्मको छायाङ्कन ललितपुरको गोदावरीबाट सुरु भएको हो ।

छायाङ्कनको पहिलो दिन अभिनेता सलोन बस्नेत र सानिया खानबीचको प्रेमका दृश्यहरू खिचिएको छ । प्रेम कथामा आधारित फिल्म ‘हिँड्दा हिँड्दै’मा आकाश श्रेष्ठ, सलोन बस्नेत, रेखा शाह, सानिया खान, विकास थापामगर, विवेक रामदाम, ममता पौडेललगायतका कलाकारको मुख्य भूमिका छ ।

फिल्मलाई कोहलपुर मोडेल कलेजसँगको सहकार्यमा नारायण सुशील पङ्गेनी इन्टरटेन्मेन्टले निर्माण गर्दै छन् भने फिल्मको निर्माताको रूपमा प्रमोदकुमार तामाङ, राजकुमार थिङ र पारस गुरुङ छन् । निर्माण टिमका अनुसार फिल्म काठमाडौँ र गाइघाटमा खिचिने छ ।

फिल्म ‘हिँड्दा हिँड्दै’ को छायाङ्कन ३५ दिनमा सक्ने योजना रहेको निर्माण टिम बताउँछन् ।