Rumpum Advertisement

राष्ट्रियसभा सदस्यहरुको पीसीआर परीक्षण

राष्ट्रियसभा सदस्यहरुको पीसीआर परीक्षण

काठमाडौँ/राष्ट्रियसभाका सदस्यहरुको कोभिड–१९ परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ ।

राष्ट्रियसभाको हिउँदे अधिवेशन भोलिबाट सुरु हुने भएपछि आज पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको हो । अधिवेशनको पहिले बैठकको अघिल्लो दिन सबै सदस्यहरुको निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको संसद् सचिवालयले बताएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित सबै सदस्यहरुको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ ।

पीसीआरको रिपोर्ट शुक्रबार बिहानसम्म आउने र नेगेटिभ भएका सांसदहरु मात्रै अधिवेशनमा सहभागी हुन पाउने छन् । सरकारले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकाले यसपटकको हिउँदे अधिवेशनमा राष्ट्रियसभाको बैठक मात्रै सञ्चालन हुनेछ ।