Rumpum Advertisement

मुख्यमन्त्री राईद्वारा १५ प्रदेशसभा सदस्य निलम्वित (नामावलीसहित)

Neuro
मुख्यमन्त्री राईद्वारा १५ प्रदेशसभा सदस्य निलम्वित (नामावलीसहित)

विराटनगर/प्रदेश नं. १ का मुन्यमन्त्री शेरधन राईले १५ जना प्रदेश सभा सदस्यलाई निलम्वन गरेका छन् ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्ड–माधव समूहका १५ जना प्रदेश सभा सदस्यलाई बिहीबार निलम्वन गरेका हुन् ।

प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राईलाई बुधबार संसदीय दलको नेताबाट हटाएको थियो ।

निलम्बनमा परेका प्रदेशसभा सदस्यहरू

१, भीमप्रसाद आचार्य (प्रचण्ड–माधव समूहले चयन गरेको संसदीय दलको नेता)
२, लछुमन तिवारी
३, मोहनकुमार खड्का
४, कुलप्रसाद साम्बा
५, धिरेन्द्र शर्मा
६, टङ्क आङ्बुहाङ (संसदीय दलको उपनेता)
७, कुसुमकुमारी श्रेष्ठ
८, इन्द्रबहादुर आङ्बो (निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री)
९, जीवन घिमिरे (निवर्तमान सामाजिक विकास मन्त्री)
१०, विजयकुमार विश्वास
११, सावित्राकुमारी रेग्मी
१२, उपेन्द्रप्रसाद घिमिरे
१३, यसोदा अधिकारी
१४, लिलाबल्लभ अधिकारी
१५, राजेन्द्रकुमार राई

स्पष्टीकरण सोधिएका तर निलम्बन नगरेका
१, तुलसीप्रसाद न्यौपाने
२,उषाकला राई
३,झलकबहादुर मगर
४,रामकुमार राई