Rumpum Advertisement

प्रतितोला सयले घट्यो सुनको मूल्य

प्रतितोला सयले घट्यो सुनको मूल्य

काठमाडौँ/स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला सय रुपैयाँले ओरालो लागेको छ । छापावाला सुन प्रतितोला ९२ हजार तीन सयमा कारोवार हुने गरी तोकिएको छ । छापावाला सुन बुधबार भने प्रतितोला ९२ हजार चार सयमा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार आठ सय ५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । प्रतितोला ९१ हजार नौ सय ५० मा बुधबार कारोवार भएको तेजाबी सुनसमेत तोलामा सय रुपैयाँले घटेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर छ । चाँदी बुधबार र आजसमेत प्रतितोला एक हजार दुई सयमा कारोवार भएको छ ।