Rumpum Advertisement

मनै लोभ्याउने रारा

मनै लोभ्याउने रारा

ताल्चा-नेपालगन्ज उडान भर्ने जहाजले राराको फन्को लगाउँछ । जसले गर्दा यात्रुले आकाशबाट ताल हेर्न अवसर पाउँछन् । माथिबाट हेर्दा उपत्यकाजस्तो लाग्ने राराको रङ गाढा निलो देखिन्छ ।

जेठदेखि आसोजसम्मको मौसममा विभिन्न फूलहरू पहिरिएर स्वर्गकी अस्सराझैँ देखिने रारा तालको शोभा रारा निकुन्जमा पाइने कस्तुरी, रतुवा, डाँफेले बढाइदिएका छन् ।

सिस्ने र कान्जिरोवा हिमाल रारामै आएर बस्दा त वर्णन गर्ने शब्दकै अभाव पर्छ । राराबाट पश्चिमतर्फ तीन घण्टा हिँडेपछि पुगिने मुर्माटपबाट राराको मनोरम दृश्य र सैपाल हिमालको अवलोकन गर्न पाइन्छ ।

नेपालको सुन्दर र चर्चित पर्यटकीय गन्तव्य रारा ताल समुद्री सतहबाट दुुई हजार नौ सय ७२ मिटर उचाइमा छ । लम्बाइ करिब पाँच किलोमिटर रहेको तालको चौडाइ तीन दशमलव दुई किलोमिटर छ । गहिराइ एक सय ६७ मिटरसम्म छ ।

शब्द/तस्बीर : टङ्क सुवेदी