Rumpum Advertisement

विराटनगरबाट लागुऔषधसहित दुई जना पक्राउ

विराटनगरबाट लागुऔषधसहित दुई जना पक्राउ

विराटनगर । विराटनगरबाट उदयपुर घर भएका दुई युवा लागुऔषधसहित बुधबार साँझ पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट उदयपुरको त्रियुगा नगरपालिका–२ का २१ वर्षीय सुरेन्द्र बस्नेत र १९ वर्षीय अनिष अधिकारी पक्राउ परेका छन् । भारतबाट लागुऔषध बोकेर फर्कदै गरेका उनीहरुलाई नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।

शंकास्पद रुपमा भारततिरबाट आउँदै गरेका दुवै जनालाई रोकेर चेकजाँच गर्दा साथबाट लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट एभिल, लुपिजेसिक र डाइजेल्याब गरेर तीन एम्पुल तथा एक सय पाँच ट्याब्लेट नाइट्राभेट बरामद गरेको छ । पक्राउ परेका बस्नेत र अधिकारीविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन बिहीबार म्याद गरेर अनुसन्धान सुरु गरिने प्रहरीले जनाएको छ ।