Rumpum Advertisement

कौटिन्होले चोट बोके

कौटिन्होले चोट बोके

विराटनगर । बार्सिलोनाका मिडफिल्डर फिलिपे कौटिन्होले चोट बोकेका छन् । मङ्गगलबार भएको इबरसँगको खेलका क्रममा ब्राजिलियन स्टार कौटिन्हो घाइते भएको बार्सिलोनाले पुष्टि गरेको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै बार्सिलोनाले कौटिन्होले देब्रे खुट्टामा चोट बोकेको जनाएको छ । आज जाँचपछि कौटिन्होले देब्रे घुँडामा चोट बोकेको पुष्टि भएको बार्सिलोनाले जनाएको छ ।

ला लिगाअन्तर्गत गए राति बार्सिलोना इबरसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । बार्सिलोनाको मैदान क्याप नोउमा भएको खेलको ६६औं मिनेटमा कौटिन्हो मैदान प्रवेश गरेका थिए ।

मिरालेम पियानिकको स्थानमा मैदान प्रवेश गरेका उनले चोट बोक्न पुगेका थिए । यसै समरमा बायर्न म्युनिखबाट फर्किएका कौटिन्होले यस सिजन बार्सिलोनाका लागि १४ खेल खेलेका छन् । जसमा उनले तीन गोल र दुई असिस्ट गरेका छन् ।