Rumpum Advertisement

एडिबी र अर्थ मन्त्रालयबीच सम्झौता

एडिबी र अर्थ मन्त्रालयबीच सम्झौता

काठमाडौँ/एसियाली विकास बैङ्क र अर्थ मन्त्रालयबीच विद्युत ग्रीड आधुनिकीकरण आयोजनाका लागि सहुलियतपूर्ण ऋण सहायता परिचानल गर्नेसम्बन्धी सम्झौता भएको छ ।

बुधबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैङ्क नेपालका कार्यालय प्रतिनिधि रुदी लुइस हेन्ड्रिकस भान्देलले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार एसियाली विकास बैङ्कले एक सय ५६ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने छ । अर्थ मन्त्रालयका सहसचिव नेपालले एडिबीबाट प्राप्त ऋण सहायतामा नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणले थप लगानी गरी एक सय ९५ मिलियन अमेरिकी डलरको परियोजना कार्यान्वयनमा ल्याइने बताए ।

यो आयोजनाले विद्युत वितरणसम्बन्धी तीनवटा मुख्य क्रियाकलापलाई जोड दिएको छ । विद्युत सबस्टेसनलाई स्वचालित बनाउने, विद्युत वितरणलाई विश्वसनीय र गुणस्तरीय बनाउने काम आयोजनाले गर्ने सहसचिव नेपालले बताए ।

आयोजनाले नेपाल विद्युत प्राधिकरणको संस्थागत क्षमता अभिवृद्धि गर्नलाई सहयोग गर्ने विश्वास गरिएको छ । आयोजना पाँच वर्षमा सम्पन्न हुनेछ ।