Rumpum Advertisement

प्रिमियर लिग दुई साताका लागि स्थगन हुनसक्ने

प्रिमियर लिग दुई साताका लागि स्थगन हुनसक्ने

विराटनगर । बेलायतबाट नयाँ प्रकारको कोरोना भाइरस देखिएपछि इङ्ग्लिस प्रिमियर लिग दुई साताका लागि स्थगन हुनसक्ने सम्भावना बढेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका आुसार सार्स–कोभ–२ भन्दा बढी सङ्क्रामक भाइरस फेला परेपछि प्रिमियर लिग दुई साता रोकिन सक्ने सम्भावना बढेको हो ।

यसअघि कोरोना महामारीका कारण सन् २०१९–२० को प्रिमियर लिग स्थगन भइ पुनः सुचारु भएको थियो । सो सिजन लिभरपुलले उपाधि जितेको थियो । त्यसपछि दर्शकविनाको खाली रङ्गशालामा २०२०–२१ को सिजन जारी छ ।

तर, अब नयाँ प्रकारको कोरोना दखिएपछि भने प्रिमियर लिग केही समयका लागि स्थगन गर्ने योजना बनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । खबरका अनुसार नयाँ प्रकारको कोभिड सङ्क्रमणको प्रभाव प्रिमियर लिगमा समेत परेको छ ।

म्यानचेस्टर सिटीका पाँच खेलाडीमा कोरोना देखिएपछि सिटी र इभर्टनबीचको खेल स्थगित भएको जनाइएको छ । त्यसपछि आलोचित बनेको प्रिमियर लिगले दुई साताका लागि खेल स्थगन गर्ने योजना बनाएको बताइएको छ ।