विराटनगर / किरात समुदायको उधौली पर्वको दिन पारेर विराटनगरका किराँत राईहरुले सामूहिक चुलो (खिम) भवनको उद्घाटन गरेका छन् । विराटनगर–१२, पिचरामा बनाएको सो भवन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बुधबार दिउँसो उद्घाटन गरेका हुन् ।
पर्व र भवन उद्घाटन कार्यक्रममा धाननाचसमेत प्रस्तुत गरिएको थियो । मुख्यमन्त्री राईसमेत नाचमा सहभागी भएका थिए ।
तस्बिर : यज्ञ अधिकारी












