Rumpum Advertisement

विराटनगरमा अनलाइन सपिङका लागि ‘ग्रेट डिल्स ९९’

Neuro
विराटनगरमा अनलाइन सपिङका लागि ‘ग्रेट डिल्स ९९’

विराटनगर/कोरोना महामारीका बीच सुरु भएको भएको विराटनगरको अनलाइन सपिङ मार्केट ‘ग्रेट डिल्स ९९’ लोकप्रिय बन्दै गएको छ । गत साउनयता घरायसी सामान (ग्रोसरी) अनलाइन सपिङ सुरु गरेको ग्रेट डिल्स लोकप्रिय बन्दै गएको हो ।

विराटनगरमा तरकारी, तयारी खानाको डेलेभरी गर्ने अनलाइन मार्केट सञ्चालनमा छन् । ग्रोसरीको सामग्री मात्रै बिक्री गर्ने उद्देश्यले ग्रेट डिल्स ९९ सञ्चालनमा आएको हो । सामाजिक उत्तरदायित्व बोध गर्ने उद्देश्यसहित अनलाइन सपिङ मार्केट सुरु गरेको सञ्चालक प्रशान्त ठाकुरले जानकारी दिए ।

‘अनलाइन सपिङ गर्दा सजिलो र समयको बचत पनि हुन्छ,’ उनी भन्छन्, ‘हामीले साउनबाट सुरु गरेका थियौँ । ग्राहकबाट राम्रो प्रतिक्रिया पाएका छौँ ।’

ठाकुरले पाँच जना कर्मचारी राखेर विराटनगरभरि डेलिभरी गरिरहेका छन् । बजारमा अनलाइन सपिङ गर्ने बानी नभएका कारण सोचेअनुसारको काम गर्न नसकिएको उनले बताए । तर कोरोना महामारीका कारण सर्वसाधारण अनलाइन सपिङतर्फ केन्द्रित भएको बताए ।

‘सपिङका लागि जाने समय, बिल तिर्नका लागि झन्झट हुने गर्छ,’ उनले भने, ‘अनलाइन सपिङ गर्ने हुँदा धेरै सजिलो छ । लाइन लाग्नु पर्दैन । रोजेको सामान घरमै पुग्दा समयको बचत पनि हुन्छ ।’

उनले प्रत्येक एक हजारको बिक्रीमा एक रुपैयाँ सामाजिक कार्यका लागि राखेका छन् । ‘अनाथ बालबालिकाको क्षेत्रमा काम गर्ने उद्देश्यले एक हजारको बिक्रीमा एक रुपैयाँ सामाजिक कार्यका लागि छुट्याएको छु,’ उनले भने, ‘विस्तारै विराटगर बाहिर पनि सेवा बिस्तार गर्ने योजना छ ।’

पछिल्लो समय ग्रोसरीका सामग्रीसँगै किताब पनि बिक्रीमा राखिएको उनले बताए । विश्वबजारमा अत्यधिक माग भएका किताब बिक्री सुरु गरेको उनले बताए ।