Rumpum Advertisement

अमेरिकामा सङ्क्रमित सङ्ख्या दुई करोडनजिक

अमेरिकामा सङ्क्रमित सङ्ख्या दुई करोडनजिक

विराटनगर । अमेरिकामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई करोड नजिक पुगेको छ ।

अमेरिकामा विश्वका अरु मुलुकभन्दा तीव्र रुपमा कोरोना फैलिइरहेको छ । कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक हो अमेरिका । एकै दिन एक लाख ६७ हजार तीन सय ९१ नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या एक करोड ९९ लाख ४९ हजार एक सय नौ पुगेको हो ।

कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या पनि साढे तीन लाख नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा तीन हजार ६६ जनाको मृत्यु भएपछि ज्यान गुमाउने सङ्क्रमितको सङ्ख्या तीन लाख ४६ हजार दुई सय ४७ पुगेको छ । मृत्यु हुनेको सङ्ख्या पनि अन्य मुलुककोभन्दा धेरै छ ।

सङ्क्रमितमध्ये एक करोड १८ लाख १४ हजार ४६ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै घर फर्किएका छन् । ७७ लाख ८८ हजार आठ सय १६ जना उपचाररत रहेकोमा २८ हजार नौ सय २० जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोनाका कारण प्रभावित हुने मुलुकमध्ये दोस्रो नम्बरमा रहेको भारतमा सङ्क्रमित सङ्ख्या एक करोड दुई लाख ४५ हजार तीन सय २६ पुगेको छ । एकै दिन २० हजार पाँच सय २९ नयाँ बिरामी थपिए । कोरोनाका कारण एक लाख ४८ हजार चार सय ७५ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा दुई सय ८५ जनाको मृत्यु भयो ।

सङ्क्रमितमध्ये ९८ लाख ३३ हजार तीन सय ३९ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै घर फर्किएका छन् । दुई लाख ६३ हजार पाँच सय १२ जनाको उपचार जारी रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

ब्राजिलमा सङ्क्रमित सङ्ख्या ७५ लाख ६४ हजार एक सय १७ पुगेको छ । एकै दिन ५७ हजार दुई सय २७ नयाँ बिरामी थपिए । कोरोनाका कारण एक लाख ९२ हजार सात सय १६ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा एक हजार ७५ जनाको मृत्यु भयो ।

६६ लाख ४७ हजार पाँच सय ३८ सङ्क्रमित उपचारपछि निको भएका छन् । सात लाख २३ हजार आठ सय ६३ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वमै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

विश्वमा सङ्क्रमित सङ्ख्या आठ करोड २२ लाख ६८ हजार एक सय ४७ पुगेको छ । एकै दिन पाँच लाख ७४ हजार एक सय २७ जना नयाँ बिरामी थपिए । कोरोनाका कारण १७ लाख ९४ हजार सात सय ११ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा १२ हजार नौ सय ३१ जनाको मृत्यु भयो ।

सङ्क्रमितमध्ये पाँच करोड ८२ लाख ८१ हजार एक सय ५७ जना उपचारपछि निको भएका छन् । दुई करोड २१ लाख ९२ हजार दुई सय ७९ जनाको उपचार जारी छ । उपचार जारी रहेकामध्ये एक लाख पाँच हजार सात सय १७ जनाको अवस्था चिन्ताजनक छ ।