Rumpum Advertisement

बार्सिलोना फर्किने तयारीमा सेटिन

बार्सिलोना फर्किने तयारीमा सेटिन

विराटनगर । प्रशिक्षक क्वीक सेटिनले आफू पुनः बार्सिलोना फर्किने बताएका छन् । यसै वर्ष बार्सिलोनाबाट बर्खास्त भएका सेटिनले क्याप नोउ फर्किने बताउँदै सोहीअनुसार तयारी आफूले थालेको बताएका हुन् ।

सन् १९१९–२० को सिजन उपाधिविहीन भएपछि बार्सिलोनाले ६२ वर्षीय सेटिनलाई अगस्टमा बर्खास्त गरेको थियो । च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनल खेलमा जर्मन क्लब बायर्न म्युनिखसँग ८–२ गोलान्तरको लज्जास्पद हार ब्यहोरेपछि उनी छोटो समयमा नै बर्खास्त हुन पुगेका हुन् ।

यस्तैमा उनले बार्सिलोनामा संगालेको अनुभवका विषयमा कुरा गर्दै निकट भविष्यमा नौ बार्सिलोना फर्किने आफ्नो तयारी रहेको सुनाए । ‘बार्सिलोनामा मेरो अनुभव असाधारण थियो’, मार्कासँगको कुराकानीमा उनले भनेका छन्, ‘यो सत्य हो कि हामीले त्यति आनन्द लिन सकेनौं जति चाहन्थ्यौं । पक्का पनि म पुनः बार्सिलोना फर्किन चाहन्छु र मलाई यसबारे कहिल्यै पछुतो हुनेछैन ।’

‘बार्सिलोनामा जे भयो त्यसमा मलाई दुःख लागेको छ । तर, त्यो एउटा दुर्घटना थियो, जसलाई तपाईं जागिरकै एउटा हिस्साको रूपमा लिनुहुन्छ । अब फेरि क्याप नोउ फर्किने मनसायमा छु । त्यहीअनुसारको तयारी हुँदैछ,’ उनले भने ।