Rumpum Advertisement

हिन्दीसहित पाँच भाषामा रिलिज हुँदै ‘विजय- दि मास्टर’

हिन्दीसहित पाँच भाषामा रिलिज हुँदै ‘विजय- दि मास्टर’

विराटनगर/थलपति विजय र विजय सेतुपथीको बहुप्रतिक्षित फिल्म ‘मास्टर’ पाँच भाषामा रिलिज हुने भएको छ ।

लोकेश कनागराजको निर्देशन रहेको ‘मास्टर’ एक तामिल फिल्म हो । फिल्मको टिजर (तामिल भाषामा) रिलिज भइसकेको छ । सुरुमा फिल्मलाई तामिल भाषामा मात्रै रिलिज गरिने भनिएको थियो । हिन्दी दर्शकले फिल्मलाई जसरी पनि हिन्दीमा रिलिज गर्नैपर्छ भन्ने माग राख्दै केही हप्ता ट्विटरमा एउटा ‘वि वान्ट मास्टर इन इन्दी’ ह्यासट्यागको ट्रेन्ड नै चलाए ।

फिल्मप्रति दर्शकको क्रेजलाई मध्यनजर गर्दै फिल्म ‘मास्टर’ का निर्माण टिम र डिस्ट्रिब्युटरहरूले फिल्मको हिन्दी संस्करण घोषणा गर्दै फिल्मको हिन्दी नाम ‘विजय–दी मास्टर’ राखिने जानकारी दिए ।

‘विजय– दि मास्टर’ पेन इन्डिया फिल्म हो जुन एकसाथ पाँच भाषामा रिलिज हुँदै छ । फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्म’ तामिल, मल्यालम, तेलुगु, कन्नडा र हिन्दी’ भाषामा रिलिज गरिने बताइएको छ ।

तामिल र हिन्दी संस्करण यही जनवरी १४, २०२१ मा सिनेमा हलमा रिलिज हुनेछ भने फिल्मको बाँकी संस्करणसम्बन्धी अफिसियल्ली केही जानकारी गराइएको छैन ।
‘विजय– दि मास्टर’ जेनवरी १४, २०२१ मा रिलिज हुनेछ ।