Rumpum Advertisement

मधुमेहको उपस्थितिले हृदय रोगको जोखिमलाई दुईदेखि चार गुणा बढाउने

मधुमेहको उपस्थितिले हृदय रोगको जोखिमलाई दुईदेखि चार गुणा बढाउने

विराटनगर/मधुमेहका ठूलो प्रतिशत बिरामीलाई आफू मधुमेहपीडित हो भन्ने थाहा हुँदैन ।

कुनै अन्य रोग वा अत्यधिक चिनीको मात्रा बढेर अस्पताल पुगेपछि मात्र मानिहरुलाई आफू मधुमेहबाट पीडित भएको थाहा हुने गर्छ । शहरीकरणतर्फ अघि बढिरहेका कारण, प्रशोधित खाद्य तथा जङ्क फुडको अत्यधिक सेवन, शारीरिक रूपमा निष्क्रिय भएका कातण, तनावको स्तर बढ्दै जाँदा तथा वातावरणीय प्रदूषणले मधुमेहको अधिक जोखिम निम्त्याइरहेको हुन्छ ।

मधुमेह भएका बिरामीमा मृगौला, आँखा, मुटुरोगलगायतका विभिन्न प्रकारको रोग लाग्ने जोखिम पनि उत्तिकै हुने गर्छ । मधुमेह रोगीले मुटुरोगको जोखिम कम गर्नका लागि मधुमेह र मुटु रोगबीचको सम्बन्ध बुझ्न महत्वपूर्ण हुन्छ । मधुमेह बिरामीको जीवनको गुणवत्ता र मात्रा गुमाउनुको मुख्य कारण हृदय रोग हो ।

मधुमेहको उपस्थितिले हृदय रोगको जोखिमलाई दुईदेखि चार गुणा बढाउने हुन्छ । मधुमेह रोगीले मधुमेह नभएको मानिसको तुलनामा कम उमेरमै हृदय रोगको विकास गर्न सक्छन् । साथै, मधुमेह रोगीहरूमा मुटुको रोग देखापरे समस्या बढी गम्भीर हुने सम्भावना पनि बढी हुन्छ ।

उमेर, लिङ्ग, हृदय रोगको पारिवारिक इतिहास, अस्वस्थ खाने बानी, शारीरिक निष्क्रियता, मोटोपना, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, धुम्रपान, सुर्तीजन्य पदार्थको सेवन, रक्सीको सेवन, मानसिक तनाव आदि भविष्यमा मधुमेह रोगीमा हृदय रोगको खतराको पूर्वानुमान गर्ने महत्वपूर्ण जोखिम कारक हुन् ।

भविष्यमा हृदय रोगको जोखिम सीमित गर्नका लागि मधुमेह बिरामीलाई चिनीको सेवनमा नियन्त्रण गर्न सल्लाह दिनु एक मुख्य कारण हो । जतिसक्दो चाँडो मधुमेह पहिचान भएपछि रगतमा चिनीको मात्रा नियन्त्रण गर्नु हृदय रोगका लागि भविष्यमा हुने जोखिमलाई कम गर्नका लागि सबैभन्दा महत्वपूर्ण तरिका हो ।