Rumpum Advertisement

मृगौलामा हुने पत्थरी, यसको रोकथाम र उपचार गर्ने तरिका

Neuro
मृगौलामा हुने पत्थरी, यसको रोकथाम र उपचार गर्ने तरिका

विराटनगर/मृगौलाले प्रायः क्याल्सियम र फास्फे लगायतका रसायनलाई पिसाबमा फिल्टर गर्छ ।

कहिलेकाहीँ मृगौलाले यी अनावश्यक पदार्थलाई फिल्टर गर्न सक्दैन । मृगौलामा अत्यधिक फोहोर र अपर्याप्त तरल पदार्थको कारणले क्रिस्टल निर्माण हुँदा यस्तो हुने गर्छ । एकपटक यी क्रिस्टलहरू ढुङ्गा बनेपछि यी ढुङ्गा मृगौलामा रहन वा मूत्रमार्गबाट तल पनि आउन सक्छन् । यी ढुङ्गा मृगौलादेखि मूत्राशयसम्म वा मूत्रपथको कुनै पनि भागलाई असर गर्न सक्छ ।

प्रायः ढुङ्गाका कारण पिसाब गाढा हुने, खनिजलाई कडा बनाउने र एकसाथ मिश्रण हुने गर्छन् । मृगौलामा हुने पत्थरीको समस्या एकदम पीडादायी हुन सक्छ, तर समयमा पहिचान गर रोकथाम वा उपचार गरेमा सामान्यतया स्थायी नोक्सान गर्न सक्दैनन् । तर, कहिलेकाहीँ, ढुङ्गालाई मुत्रपथबाट पार गर्न असमर्थ हुने हुँदा पिसाब सुस्त पारी विभिन्न जटिलता निम्त्याउन सक्छ ।

मृगौलामा हुने पत्थरीको समस्या भएपछि उपचार गराउनुभन्दा पनि रोग लाग्नै नदिनका लागि यी उपाय अपनाउन सकिन्छ :

प्रशस्त मात्रामा पानी पिउनु पर्छ : पत्थरी हुनबाट रोक्नका लागि प्रशस्त मात्रामा पानी पिउनु यसको रोकथामको पहिलो कदम हो । यसले पिसाबलाई पातलो पार्न, ढुङ्गा सङ्कलन हुन नदिनका लागि मृगौला र मूत्रपथलाई फ्लस गर्न मद्दत गर्छ । दैनिक कम्तिमा आठदेखि १० गिलास पानी र प्रत्येक घन्टा एक गिलास पानी पिउनु पर्छ ।

सोडियमको सेवन कम गर्नु पर्छ : खानामा नुनको अधिक सेवनले मृगौलामा हुने पत्थरीको जोखिम बढाउँछ । पिसाबमा धेरै नुनको मात्रा भएमा क्याल्सियमलाई पिसाबबाट रगतमा पुनः अवशोषित हुनबाट रोक्छ, जसले उच्च पिसाबमा क्याल्सियमको मात्रा बढाउँछ ।

क्याल्सियम समृद्ध खाना खानुपर्छ : क्याल्सियमले पिसाबमा अक्सालेटको एकाग्रता कम गर्छ । जसले मृगौलामा हुने पत्थरीको जोखिम कम गर्छ । दूध, दही, सिमी र रोटीबाट क्याल्सियम पाउन सकिन्छ ।

गुलियो र क्याफिनयुक्त पेयलाई त्याग्नु पर्छ : धेरै चिनी, विशेषगरी कफी र केरा भएको पेयपदार्थले मृगौलाको पत्थरी दोहोरिने जोखिम बढाउँछ ।

मृगौलामा पत्थरी बनाउने खाना बेवास्ता गर्नुपर्छ : चकलेट, नट्स, पालुङ्गोलाई आहारबाट सकेसम्म हटाउनु पर्छ । यी खाद्यवस्तुहरूमा अक्सालेटको मात्रा अधिक हुने हुँदा जोखिम बढ्न सक्छ ।

जनावरबाट पाइने प्रोटिनको कम सेवन : धेरै मासु, कुखुरा, अन्डा तथा समुद्री खानाले शरीरमा क्याल्सियम र युरिक एसिडको मात्रा बढाउन सक्छ जसले पत्थरीको समस्या निम्त्याउन सक्छ ।

भिटामिन सीको उच्च सेवन गर्नु हुँदैन : अत्यधिक भिटामिन सीको सेवन गर्दा पिसाबमा अक्सालेटको मात्रा बढाउने सम्भावना हुन्छ जसले पत्थरीको जोखिम बढाउँछ । विशेषगरी क्याल्सियम अक्सालेट पत्थरीको इतिहास भएकामा यसको थप जोखिम रहने हुँदा भिटामिन सीलाई उच्च मात्रामा सेवन नगर्न सल्लाह दिइन्छ ।

मृगौलामा हुने पत्थरीको उपचार ढुङ्गाको आकार, केले बनेको, यसले निम्त्याएको पीडा तथा मूत्रपथलाई अवरुद्ध गरेको छ वा छैनमा निर्भर हुन्छ । मूत्र परीक्षण, रक्त परीक्षण, भिसियो एक्स–रे वा सिटी स्क्यानमार्फत् पत्थरीको समस्या भएको पहिचान गरिन्छ । उपचारमा दुखाइ कम गर्ने औषधिको सेवन तथा धेरै मात्रामा तरल पदार्थ पिउन सल्लाह दिइन्छ जसले दुङ्गालाई मूत्रमार्गमा धकेल्न सहयोग गर्न सक्छ ।

तर, ढुङ्गाको आकार ठूलो भएमा, वा मूत्रपथ अवरुद्ध भएमा शल्यक्रिया गर्न आवश्यक हुनसक्छ ।