Rumpum Advertisement

कोरोनाको नयाँ प्रकारबाट चिन्ता लिनुपर्ने र लिनुनपर्ने कारण

कोरोनाको नयाँ प्रकारबाट चिन्ता लिनुपर्ने र लिनुनपर्ने कारण

विराटनगर/बेलायतमा कोरोना भाइरसको नयाँ संस्करण तीव्र रुपमा फैलिरहेको बेलामा विश्वभर डर र चिन्ता पनि बढिरहेको छ ।

भियुआई–२०२०१२/०१ भनेर चिनिने भाइरसको नयाँ प्रकार सेप्टेम्बरको मध्यमा पहिलो पटक बेलायतमा देखा परेको थियो । केही विज्ञहरूले बि११७ लिङ्केज भनेर बोलाइने नयाँ प्रकारको भाइरस बेलायतको धेरै भागमा द्रुत रूपमा फैलिरहेको छ ।

अहिलेसम्म, पुरानो र नयाँ भाइरसबीचको भिन्नतालाई हेर्दा भाइरसको आनुवंशिक कोडमा २३ म्युटेसन भएको छ जसले चार भाइरल प्रोटिनलाई परिवर्तन गरेको छ ।

२३ मध्ये आठ परिवर्तनले स्पाइक प्रोटिनलाई समेत असर गरेको देखिन्छ । पहिलेको भाइरसको स्पाइक प्रोटिनमा आनुवंशिक उत्परिवर्तन भएका कारण व्यक्तिमा भाइरसको तत्काल र सजिलो प्रसारको कारण हुनसक्ने देखिएको छ । अध्ययनले देखाएअनुसार भाइरसको नयाँ संस्करण पुरानो र मूल भाइरसको तुलनामा ७० प्रतिशत सङ्क्रामक र छिटो फैलिने देखिएको छ ।

नयाँ प्रकारबाट सङ्क्रमित भएका व्यक्तिले आफ्नो नाक र घाँटीमा बढी भाइरस उत्पादन गर्छन् । जसले गर्दा भाइरस धेरै निस्कासन हुने वा एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने हुन्छ । साथै, उत्परिवर्तनले भाइरस पत्ता लगाउन हाल प्रयोग गरिएको परीक्षण रोक्न सक्ने, यसलाई अधिक घातक बनाउने, वा विकास र प्रयोग भइरहेका भ्याक्सिन अप्रभावकारी बनाउन सक्ने चिन्ताको विषय बनेको छ ।

भाइरसको नयाँ प्रकार अधिक घातक नहुने देखिए पनि अधिक सङ्क्रमित व्यक्तिमा सङ्क्रमण गम्भीर हुने तथा मृत्युको सङ्ख्या पनि सन् २०२० को तुलनामा बढी हुने चिन्ताको कारण बनिरहेको छ । तर, स्पाइक प्रोटिनमा बहुपरिवर्तन भए पनि प्रायजसो विशेषज्ञका अनुसार हाल विकासमा रहेको खोपले पनि नयाँ प्रकारको भाइरसमा काम गर्छ ।

अमेरिकाको ग्याल्भेस्टनस्थित टेक्सास विश्वविद्यालयको मेडिकल शाखामा माइक्रोबायोलजी र इम्युनोलोजी सहायक प्रोफेसर विनीत मैनाचेरीले यसको लागि पहिलो प्रमाण दिएका हुन् । प्रकाशित हुन बाँकी रहेको अध्ययनका लागि उत्परिवर्तन भएको र नभएको भाइरसलाई कोभिडबाट निको भएका बिरामीहरूबाट सीरम नमूनाको प्रभावकारिता तुलना गरेको थियो । जसमा उनीहरूले कुनै पनि फरक पाएका थिएनन् ।

खोपले काम गरेको खण्डमा नयाँ भाइरसका बारे धेरै चिन्ता लिनुपर्ने देखिन्छ ।