विराटनगर । इङ्ग्लिस क्लब आर्सनलका स्टार मेसुट ओजिललाई इटालियन च्याम्पियन क्लब युभेन्टसले प्रस्ताव गरेको छ ।
इटालियन खेल मिडिया ‘टुट्टोस्पोर्ट्स’का अनुसार सिरी ‘ए’ च्याम्पियन युभेन्टसले जर्मन मिडफिल्डर ओजिललाई प्रस्ताव गरेको हो ।
पछिल्लो साय ३२ वर्षीय ओजिल आर्सनलको टोलीबाहिर रहँदै आएका छन् । यस्तैमा उनीमाथि युभेन्टसले आकर्षक तलब दिनेगरी प्रस्ताव राखेको जनाइएको छ । यसअघि पनि पनि युभेन्टसले उनीमाथि प्रस्ताव गरेको जनाइएको छ ।
यदि, युभेन्टस उनलाई भित्र्याउन सफल भएमा ओजिल र क्रिस्टियानो रोनाल्डोको पुनर्मिलन हुने देखिएको छ । यसअघि रोनाल्डो र ओजिलले रियल मड्रिडमा तीन वर्ष एकसाथ खेलेका थिए ।