Rumpum Advertisement

‘ओलीले कुनैपनि बेला अदालत विघटन गर्न सक्छन्’

Neuro
‘ओलीले कुनैपनि बेला अदालत विघटन गर्न सक्छन्’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता सुरेन्द्र पाण्डेले अदालतले प्रतिनिधिसभा विघटनको पक्षमा फैसला गरे प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि बेला अदालत विघटन गर्न सक्ने धृष्टता गर्न सक्ने बताएका छन् ।

नेकपा निकट जनसंस्कृतिक महासङ्घले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पाण्डेले प्रधानमन्त्री ओलीले कुनैपनि बेला अदालत विघटनको प्रस्ताव राष्ट्रपति समक्ष लैजान सक्ने बताए ।

संविधानविपरीत काम गर्नेको पक्षमा अदालतले फैसला दिने हो भने प्रधानमन्त्री ओलीलाई अदालतसमेत विघटन गर्नसक्ने अधिकार छ भनेर भन्नुपर्ने बताए । उनले भने, ‘यदि प्रधानमन्त्रीले अदालत भङ्ग गरिदिए भनेर राष्ट्रपतिलाई लगेर सही गराएर अदालत भङ्ग हुन्छ ? यदि अहिलेको यो संसद् विघटनको कुरालाई अदालतले मान्यता दिने हो भने अदालतले के कुरा पर्खेर बसे हुन्छ भने अदालत भङ्ग गर्ने कुरा पनि प्रधानमन्त्री केपी ओलीलाई छ भनेर भन्नुपर्ने हुन्छ ।’