birat ribon

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने सांसद्लाई २४ घण्टे स्पष्टीकरण

Neuro
मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने सांसद्लाई २४ घण्टे स्पष्टीकरण

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने सांसदलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले २४ घण्टे स्पष्टीकरण सोधेको छ । पार्टी विभाजपछि प्रचण्ड– माधव पक्षका ३७ सांसदले आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

नेकपाका प्रमुख सचतेक तथा ओली पक्षका नेता बुद्धिकुमार राजभण्डारीले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३७ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।

cura insider

दलका प्रमुख सचेतक राजभण्डारीले सांसद्हरूलाई तत्काल प्रस्ताव फिर्ता गरी २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशनसहितको पत्र पठाएका हुन् ।

संसदीय दलमा छलफल नगरी प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरेकोले प्रस्ताव फिर्तासहित स्पष्टीकरण पेस गर्न पत्र पठाएको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए । स्पस्टीकरण नबुझाए राजनीतिक दलसम्बन्धी ऐन र दलको विधानबमोजिम कारवाही गरिने उनले बताए ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने एक सांसदका अनुसार शेरधन पक्षले विपक्षमा लागेका सांसदलाई आफ्नातर्फ आउन दबाब दिने हतियारका रूपमा स्पष्टीकरणलाई प्रयोग गरेका हुन् ।

jackson ribon