Rumpum Advertisement

दुर्घटनामा परेकाे मोटरसाइकलमा आगो लाग्यो, दुई जनाको मृत्यु

Neuro
दुर्घटनामा परेकाे मोटरसाइकलमा आगो लाग्यो, दुई जनाको मृत्यु

विराटनगर / पूर्वपश्चिम राजमार्गको मोरङको पथरी शनिश्चरे नगरपालिका– २ खण्डमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सोमबार बेलुका करिब साढे ५ बजे काे १ च ९९४५ नम्बरको स्कारपियोले नम्बर नखुलेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार मोरङ मिक्लाजुङ गाउँपालिका– ४ का ३५ वर्षीय सन्तोष लिम्बु र २६ वर्षीय सुनिल धमलाको मृत्यु भएको हो । दुर्घटना भएको मोटरसाइकलमा आगो लागेको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार दुर्घटनामा घाइते मोटरसाइकल चालकको मंगलबारे अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो । मोटरसाइकलमा सवार धमलालाई उपचारका लागि न्युरो अस्पताल ल्यउँदै गर्दा बाटोमा मृत्यु भएको हाे ।

स्कारपियो र चालक झापा दमक नगरपालिका– २ का ३७ वर्षीय लक्ष्मीकुमार धिमाललाई इलाका प्रहरी कायालयले नियन्त्रणमा लिएको छ ।

मोटरसाईकल दुर्घटना हुँदा तेल लिक भएर आगलागी भएको प्रहरीले जनाएको छ ।