Rumpum Advertisement

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदसँग २४ घण्टे स्पष्टीकरण

Neuro
अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदसँग २४ घण्टे स्पष्टीकरण

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने सांसदलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

पार्टी विभाजन पछि प्रचण्ड– माधव पक्षका ३७ सांसदले आइतबार मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । नेकपाका प्रमुख सचेतक तथा ओली पक्षका नेता बुद्धिकुमार राजभण्डारीले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३७ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।

दलका प्रमुख सचेतक राजभण्डारीले सांसदहरुलाई तत्काल प्रस्ताव फिर्ता गरी २४ घण्टा भित्र स्पष्टीकरण पेश गर्न निर्देशन सहितको पत्र पठाएका हुन् ।

संसदीय दलमा छलफल नगरी प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरेकोले प्रस्ताव फिर्ता सहित स्पष्टीकरण पेश गर्न पत्र पठाएको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए ।
स्पष्टीकरण नबुझाए राजनीतिक दल सम्बन्धी ऐन र दलको बिधान बमोजिम कारवाही गर्ने बताए ।