Rumpum Advertisement

पाथिभरा क्षेत्रमा फैलिएकाे आगो नियन्त्रण बाहिर,आगो निभाउन हेलिकप्टरकाे सहारा

पाथिभरा क्षेत्रमा फैलिएकाे आगो नियन्त्रण बाहिर,आगो निभाउन हेलिकप्टरकाे सहारा

विराटनगर । ताप्लेजुङको पाथिभरा क्षेत्रमा फैलिएको आगो नियमन्त्र बाहिर पुगेको छ । एक साता अघि सुरू भएको आगो नियन्त्रण बाहिर पुगेको हो ।

आगोलागी नियन्त्रणमा लिन अनेक प्रयास गरिएपनि सम्भव भएको छैन । प्रदेश प्रहरी कार्यालय विराटनगरका डिएसपी कबिन्द्र कार्कीका अनुसार आइतबार आगो नियन्त्रणमा आएको थियो । तर पून फैलिएको छ । उनका अनुसार जंगल क्षेत्रमा फैलिएको आगोले बस्तीमा प्रवेश गरेको छैन् । पाथिभराकाे मुख्य मन्दिर सुरक्षित छ ।

आगो तिब्रगतिमा फैलिएपछि हेलिकोप्टरबाट पानी फ्यालिएको छ । सिम्रिक एयरको हेलिकोप्टरमार्फत पानी डढेलो लागेको क्षेत्रमा फालिएको हो ।

ताप्लेजुङ क्षेत्र संरक्षण तथा सम्बर्द्धन समितिको समन्वयमा सिम्रिक एयरको हेलिकोप्टरबाट पानी छर्कने व्यवस्था मिलाइएको थियो ।