Rumpum Advertisement

पशुपतिको दर्शनविधि बुझाउन सके आन्तरिक पर्यटक बढ्छन् : नवनियुक्त मन्त्री ढकाल

पशुपतिको दर्शनविधि बुझाउन सके आन्तरिक पर्यटक बढ्छन् : नवनियुक्त मन्त्री ढकाल

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले पशुपति क्षेत्रको दर्शन विधिका बारेमा राम्रोसँग बुझाउन सके आन्तरिक पर्यटकको सङ्ख्या पशुपतिमा बढ्ने बताएका छन् ।

सोमबार पशुपति क्षेत्रको निरीक्षण एवं दर्शनपछि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी एवं कर्मचारीलाई निर्देशन दिँदै उनले यस्तो बताएका हुन् ।

सो क्षेत्रका पुरातात्विक सम्पदाको संरक्षण गनुपर्छ र यसबाट विश्वमै नेपालको पहिचान कायम रहन्छ भने । उनले भने, ‘पशुपति क्षेत्रलाई अझ सुन्दर र पवित्र बनाउन कोषका पदाधिकारी एवं कर्मचारीको भूमिका महत्वपूर्ण हुन्छ ।’