birat ribon

नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ५० हजार नाघ्यो

Neuro
नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ५० हजार नाघ्यो

विराटनगर । नेपालमा सोमबार थप छ सय ५९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा थप छ सय ५९ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो ।

मन्त्रालयका अनुसार नेपालमा सङ्क्रमितको संख्या दुई लाख ५८ हजार आठ सय ४० पुगेको छ । हाल छ हजार चार सय २७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

cura insider

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा सात सय १८ जना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म दुई लाख ५० हजार पाँच सय ८१ जना निको भइसकेका छन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा सात जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म नेपालमा कोरोना भाइरसबाट एक हजार आठ सय ३२ जनाको मृत्यु भएको छ ।

jackson ribon