Rumpum Advertisement

सिडीको रोमान्टिक गीत ‘आकाशको जून’ सार्वजनिक

सिडीको रोमान्टिक गीत ‘आकाशको जून’ सार्वजनिक

विराटनगर/गायक सिडी विजय अधिकारीको आवाज रहेको ‘आकाशको जून’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा ताराप्रकाश लिम्बूको सङ्गीत र हरिप्रसाद खनालको शब्द रहेको छ । प्रेम सम्बन्धमा रहेको प्रेमिल जोडीको कथालाई म्युजिक भिडियोमा देखाइएको छ । भिडियोमा सन्तोष बानियाँ र रश्मि श्रेष्ठलाई देख्न सकिन्छ । रोमान्टिक शब्दको सिर्जनामा तयार पारिएको गीतको भिडियो पनि आकर्षक बनेको छ ।

उत्तम श्रेष्ठको निर्देशन रहेको ‘आकाशको जून’को म्युजिक भिडियो सिडी विजय अधिकारीको अफिसियल युटुब च्यानलमा उपलब्ध छ ।