birat ribon

भिनाजुले सोध्नुभो – पाहामा के पढ्ने ?

Neuro
भिनाजुले सोध्नुभो – पाहामा के पढ्ने ?

डा. केआर खम्बु

भोलिपल्ट बिहानै म र केदार दाइ ठुली दिदी (रेशमी)लाई पुर्‍याउन ठुलढुङ्गा एक हजार सात सय मिटरको उचाइमा रहेको साँवातिर लाग्यौँ ।

cura insider

भाउजू र भतिजाहरू कटुन्जे होमतोकतर्फ लाग्ने भए । हामी गफ गर्दै र बाटामा भू–बनावट, पर्यावरणीय दृश्य, उभयचर, सरीसृप आदि अवलोकन गर्दै अघि बढ्यौँ ।

पहाडी बाटो तल र माथि अनेक पच्याङ पार गर्दै अँधेरी हुँदै मूलडाँडा, सेल्मे, कपासे र हरहरे भन्ज्याङमाझ अवस्थित सावा, ढुल्ढुङ्गा पुग्यौँ । त्यहीँ थियो ठूल्दिदीको घर ।

‘खोइ काम लाग्ने विषयजस्तो त मलाई लागेन है भाइ !’ मैले जति व्याख्या–विश्लेषण गरे पनि भिनाजुले पत्याउनुभएन ।

एकछिन बिसाउँदै भिनाजु अञ्जनीकुमार राई (रामकुमार)सँग त्यहाँको खोलानाला, जलाधार भएको ठाउँ घुमाइदिन आग्रह गरेँ । त्यसपछि उहाँसँग हुरहुरे दुई हजार आठ सय मिटर उचाइबाट झर्ने मुखिताङ खोला अवलोकन गर्न गयौँ । माथि डाँडादेखि तल गाउँसम्मै बाक्लो जङ्गलले ढाकिएको रहेछ । जङ्गल भित्रबाट पानी निस्केर सावा खोला बन्छ । यो जङ्गल भिनाजुहरूको पुख्र्याैली शिकार खेल्ने जङ्गल रहेछ भने खोला चाहिँ पाहा पक्रने ठाउँ ।

खोङटाङ गाउँपालिका सेल्मे, कपासे, हलहले भन्ज्याङमुनि सावा, ठूल्ढुङ्गा मुखिताङ जलाधार क्षेत्र ।
तस्बिर– कृष्णदेवान राई

यसबाहेक यहाँ माछाहरू पनि प्रशस्तै पाइने । वन्यजन्तुहरूमा चितुवा, मृग, भालु, कालिज, मुनाल आदि पाइँदोरहेछ । हिउँदमा माथि कपासे, सेल्मे र हलहले डाँडाहरूमा हिउँले ढाक्ने गर्छ । कहिलेकाहीँ त यसभन्दा तल मुखिताङ, कानढाकासम्म पनि ढाक्ने गर्छ । प्रायः यहाँ बाह्रैमास गर्मी हुँदैन ।

त्यहाँ मैले भ्यागुता, छेपारो, सर्प आदि खोजेको देख्दा भिनाजु छक्क पर्नुभयो । मैले विद्यावारिधिको पढाइ त्यही विषयमा गर्दै छु भन्दा उहाँले थप अचम्म मान्दै सोध्नुभयो, ‘होइन पाहामा त्यस्तो के छ र अनुसन्धान गर्ने ?’

मैले उभी–उभी उभयचर, तिनको महत्त्व र जीवनशैलीबारे निकै व्याख्या–विश्लेषण गरेँ । तर उहाँ भने खित्का छोडेर हाँस्नुभयो । ‘खोइ काम लाग्ने विषयजस्तो त मलाई लागेन है भाइ !’ मैले जति व्याख्या–विश्लेषण गरे पनि उहाँले पत्याउनुभएन ।

छाँगे पाहा – राई बान्तवा भाषामा काङमाकी लकस, वैज्ञानिक नाउँ न्यानोराना इर्सेपी ।

मैले त्यहाँ सङ्कलित नमुनाहरू जतनसाथ पोको पारेँ । भिनाजु झन् छक्क परेर हेरेको–हेरेकै हुनुभयो । उहाँलाई मैले त्यसैमा पिएचडी गर्दै छु भन्ने अझै विश्वास लागेन ।
घर आयौँ । राति अबेरसम्म विविध पक्षमा गफ गरेर सुत्यौँ ।

भोलिपल्ट खाना–साना खाएर हिँड्ने तयारी गर्दैगर्दा मुसलधारे पानी पर्‍यो । मध्य दिनतिर जसोतसो पानी रह्यो । दिदी भने बस् कि बस् भन्दै हुनुहुन्थ्यो । त्यतिबेला हिँडेर कटुजे पुग्न नसकिने भए पनि सर्वेक्षण गर्दै जाने भनेर दिदी र भान्जीहरूसँग जबर्जस्ती बिदा भयौँ ।

बिदा भएर नाक ठोकिने उकालो लाग्यौँं । भिनाजु पनि सँगै आउनुभयो र केही उकालो चढी नागी डाँडो कटाएर फर्किनुभयो ।
क्रमशः

मेरो अनुसन्धान यात्राबाट

jackson ribon