birat ribon

कोभिडको मुख्य लक्षणबाहेक यी सङ्केत देखिएमा आपतकालीन चिकित्सा सहायता लिनुपर्ने

Neuro
कोभिडको मुख्य लक्षणबाहेक यी सङ्केत देखिएमा आपतकालीन चिकित्सा सहायता लिनुपर्ने

विराटनगर/कोरोना भाइरसको नयाँ संस्करण पहिलेको म्युटेसनभन्दा बढी हानिकारक नदेखिए पनि धेरै बढी सङ्क्रामक पाइएको छ ।

जोखिममा भएकालाई बचाउनका लागि कोभिडको आपतकालीन चेतावनी सङ्केतलाई ध्यानमा राखी सेल्फ आइसोलेट गरी वा चिकित्सक सहायता लिनु महत्वपूर्ण हुन्छ । पटक–पटक स्वास्थ्य निकायहरूले अध्ययन तथा अनुसन्धान गर्दै नयाँ प्रमाणको आधारमा कोभिडको सम्भावित चेतावनी सङ्केतलाई सूचीबद्ध गर्दै आएको छ ।

cura insider

ज्वरो, लगातारको सुक्खा खोकी तथा गन्ध र स्वाद हराउनु कोभिडका सामान्य र मुख्य लक्षण हुन् । अधिकांश सङ्क्रमितमा यीमध्ये कुनै एक लक्षण देखिएको रिपोर्ट गरिएको छ । मुख्य लक्षणबाहेक, रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले कोभिड १९ को लागि पाँच आपतकालीन चेतावनी सङ्केत सार्वजनिक गरेको छ ।

सास फेर्न समस्या भएमा, छातीमा लगातार दुखाइ वा दबाव भएको महसुस भएमा, भ्रम भएमा, उठ्न वा आँखा खोलिरहन गाह्रो भएमा, ओठ वा अनुहार निलो हुनु आपतकालीन लक्षण हुन् । यीमध्ये कुनै पनि एक सङ्केत देखाइरहेको छ भने सिडिसीले तत्काल आपतकालीन चिकित्सा सहायता लिन आग्रह गरेको छ ।

यीबाहेक आफूलाई कुनै प्रकारको असहज महसुस भएमा पनि चिकित्सा सहायता लिन सुझाव गरिएको छ । इङ्ल्यान्डको पब्लिक हेल्थअनुसार नयाँ प्रकारको भाइरस पुरानोको तुलनामा भिन्न भए पनि भाइरसलाई नियन्त्रण गर्ने तरिका पहिलेको जस्तो नै छ । सङ्क्रमितको सम्पर्कका नआएको खण्डमा, सामाजिक दुरी कायम गरेमा, हात धुने तथा मास्क लगाउने नियमको पालना गरी भाइरसको फैलिवटलाई रोक्न सकिन्छ ।

jackson ribon