birat ribon

वैकल्पिक बाटोमा काङ्ग्रेसको शिलान्यास

Neuro
वैकल्पिक बाटोमा काङ्ग्रेसको शिलान्यास

विराटनगर / विराटनगरको वडा नम्बर ५, ६, ११ र १२ समेट्दै नेपाल–भारत सीमादेखि बरगाछी पश्चिमको हुलाकी मार्ग जोड्ने वैकल्पिक बाटोको नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले शिलान्यास गरेका छन् ।

पूर्वाधार विकास कार्यालय मोरङद्वारा आइतबार कामत चोकभन्दा केही पश्चिम आयोजित विशेष समारोहबीच कोइरालाले शिलान्यास पूजा गरेका हुन् । पूजा तथा शिलान्यास कार्यमा विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले पनि साथ दिएका थिए ।

cura insider

उत्तर–दक्षिण साढे नौ किलोमिटर लामो सो बाटो २९ करोड १५ लाख लागतमा दुई लेन कालोपत्रेसहित ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ । परम्परागत कृषि–बाटोका रूपमा रहँदै आएको सो मार्ग दुई दसकयता खाल्डो–हिलो, झोर–जङ्गलका रूपमा अलपत्र रहँदै आएको थियो ।
उद्घाटन समारोहमा तीन सयभन्दा बढी स्थानीयको उपस्थिति थियो । सुरुमा उपस्थित धेरै जनाको मुखमा मास्क थिएन । कसैले गोजीमा मास्क राखेका थिए भने कसैले हातमा बोकेका थिए । कार्यक्रमस्थल पुग्नासाथ कोइरालाले सबैलाई मास्क लगाउन आग्रह गरेका थिए । नहुनेलाई काङ्ग्रेस कार्यकर्ताहरूले मास्क बाँडेका थिए ।

समारोहमा नेता कोइराला, नगरप्रमुख पराजुली, प्रदेशसभा सदस्य केदार कार्कीलगायतले स्थानीयको जीवन–पद्धतिको पहिलो आधार बाटो भएकाले बाटो खुलेपछि सीमान्त वर्गको पहुँच र जीवनस्तर उकासिने चर्चा गरेका थिए ।

अनेक प्रयत्नपछि काङ्ग्रेस नेता कोइरालाको पहलमा सो बाटो बन्न लागेकोमा स्थानीय खुसी छन् । स्थानीय देवीकुमारी राजवंशीले आफुले उपभोग गरिरहेको घर आधा भत्किने भए पनि कुनै पिर नलागेको बताइन् । ‘बाटो बनाइदिन चुनावैपिच्छे नेतालाई हार–गुहार गर्‍यौँ, कसैले सुनेका थिएनन्,’ उनले भनिन्, ‘तर अब बन्ने नै भएपछि दुःख किन मान्नु ! हाम्रा एक जना छिमेकीले चाहिँ घर भत्किने भो भनेर गनगन गरिरहेका छन् । तर धमाधम काम सुरु हुन थाल्यो भने उनले पनि कुरा बुझ्छन् होला !’

jackson ribon