birat ribon

माइतीघर मण्डलामा उखु किसानको प्रदर्शन पन्ध्रौ दिनमा

Neuro
माइतीघर मण्डलामा उखु किसानको प्रदर्शन पन्ध्रौ दिनमा

काठमाडौँ/उखुको भुक्तानी माग गर्दै विभिन्न जिल्लाबाट काठमाडौँ आएका किसानहरु विगत १५ दिनदेखि माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । तर पनि सरकारले उनीहरुको भुक्तानी दिलाउन कुनै पहल गरेको छैन ।

योबीचमा केही उद्योगीले किसानको खातामा रकम पठाएका छन् । तर सरकारले तोकेकोभन्दा पनि कम दरमा भुक्तानी पाएको किसानहरुको गुनासो छ । त्यसैले सबै किसानको खातामा सबै भुक्तानी नपाउँदासम्म आन्दोलन जारी राख्ने किसानहरु बताउँछन् ।

cura insider

हलो, उखु र विभिन्न माग लेखिएका प्लेकार्ड लिएर विगत १५ दिनदेखि उखु किसानहरु आफ्नो पसिनाको भुक्तानी पाउनुपर्ने माग गर्दै केन्द्रीय राजधानीको माइतीघर मण्डलामा आन्दोलन गर्दै आएका छन् । विगत सात वर्षदेखिको भुक्तानी मिल सञ्चालकहरुले नदिएपछि किसानहरु निर्णयक आन्दोलन गर्न भन्दै काठमाडौं आएका हुन् ।

गत वर्ष पनि उनीहरुले यस्तै आन्दोलन गरेका थिए । तर सरकारको रोहबरमा किसान र उद्योगीबीच एक महिनाभित्र भुक्तानी दिने सहमति भएपछि किसान घर फर्किएका थिए । तर एक वर्षसम्म पनि भुक्तानी नपाएपछि तिनै किसान फेरि काठमाडौँ आई आन्दोलन गरिरहेका छन् ।

१५ दिनसम्म आन्दोलन गर्दा पनि सरकार नसुनेझैँ गरी बसिरहेको छ । किसानहरुको आन्दोलन देखेपछि केही उद्योगीले किसानको खातामा रकम पठाउन थालेका छन् । तर सरकारले तोकेको मूल्यभन्दा पनि कम दरमा भुक्तानी पठाएको किसानहरुको गुनासो छ ।

उखु किसान सङ्घर्ष समितिका सदस्य मायाशङ्करप्रसाद यादवले सरकारले प्रति क्विन्टल चार सय ७१ रुपैयाँ २८ पैसा मूल्य तोकेको भए पनि उद्योगीहरुले चार सय ३५ रुपैयाँ मात्रै भुक्तानी दिएको गुनासो गरे । सबै किसानले पाउनुपर्ने सम्पूर्ण भुक्तानी नपाउँदासम्म आन्दोलन जारी राख्ने पनि उनले बताए ।

चिनी उद्योगीहरुबाट उखु किसानहरुले करिब ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ । विगत सात वर्षदेखिको भुक्तानी पाउन बाँकी रहेको आन्दोलनमा सहभागी किसानहरुले बताएका छन् । आफूहरुले दुःख गरेर उब्जाएको उखुको भुक्तानी नपाउँदासम्म आन्दोलनलाई जारी राख्ने किसानहरुले बताए ।

आन्दोलनरत किसानहरुले ‘सरकार तिमी कहाँ छौ, हामी किसान यहाँ छौं’, ‘हाम्रो आन्दोलन जारी छ’, ‘किसान मार्न पाइँदैन’, ‘हाम्रो रकम भुक्तानी गर’, ‘किसानलाई क्षतिपूर्ति देऊ’ लगायतका नारासमेत लाएका थिए ।

jackson ribon